काठमाडौं – मानिसहरुले धर्मशास्त्रलाई निकै मान्ने गर्छन् । धर्मशास्त्र अनुसार शनिबारको दिनलाई निकै राम्रो दिन मानिन्छ् । शनिबार कै दिन धेरै धार्मिक कामहरु पनि हुने गर्छन् । धेरैजसो नेपालीहरु पनि शनिबार कै दिन मन्दिरमा जाने गर्छन् । हिन्दु धर्मावलम्बीहरुले शनिबार शनि देवको दिन पनि भन्ने गर्छन् । शनिदेबलाई न्याय प्रेमी देवताको रुपमा मानिने पनि गरिन्छ । शनिबारको दिन कुनै काम गर्दा शुभ मानिन्छ भने कुनै काम अशुभ मानिन्छ । शनिबार बिहान सरसफाई गर्दै गरेको मान्छे देखिएमा राम्रो मानिन्छ ।

सरसफाई गर्दै गरेको मान्छेलाई केहि रुपैया दिएमा अधुरा काम बन्ने बिश्वास पनि छ । शनिबारको दिन कुनै भिक्षु वा गरीब व्यक्ति घरमा आएमा शुभ मानिन्छ । यदि भिक्षुलाई नराम्रो गाली गरियो भने शनिदेव टाढा हुने बिश्वास छ । शनिबारको दिन घरबाट बाहिर निस्किने बेलामा कतै कालो कुकुर देखिएमा शुभ संकेत मानिन्छ । किनकी कालो कुकुरलाई शनिदेबको बहान मानिन्छ ।