काठमाडौं । नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी नातिनी स्मिता दाहालको नयाँ गीत बजारमा आएको छ । शुक्रबार काठमाडौँमा एक कार्यक्रम गर्दै गायिका स्मिता दाहालको ‘जाल्मै पार्छु’बोलको नयाँ गीत बजारमा आएको हो । यस गीतलाई शुक्रबार एक कार्यक्रम गर्दै रिलिज गरिएको छ । उक्त रिलिज कार्यक्रममा खानेपानी पानी मन्त्री बिना मगर, भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल, स्मिताकी आमा गंगा दाहाल, हास्यकलाकार जितु नेपाल र अन्य धेरै कलाकारहरुको उपस्थिति थियो ।

उक्त कार्यक्रममा चर्चित गायक रामकृष्ण ढकाल पनि बिशेष अतिथीको रुपमा उपस्थित भएका थिए । उक्त कार्यक्रममा मोडल आँचल शर्मा, मेयर रेणु दाहाल, खानेपानी पानी मन्त्री बिना मगर, हास्यकलाकार जितु नेपाल र गायक रामकृष्ण ढकाल लगायतका अन्य कलाकारले मन्तब्य राखेका थिए । कार्यक्रममा गायिका स्मिता र नायिका आँचल शर्मा निकै आकर्षक देखिएका थिए । ।

गायिका स्मिता दाहालको ‘जाल्मै पार्छु’बोलको नयाँ गीतमा उनीसँगै आशिष अविरलको स्वर रहेको छ । त्यस्तै यस गीतमा एक नारायण भण्डारीको संगीत रहेको छ । यस गीतको भिडियोमा मोडल तथा नायिका आँचल शर्मा र विजु पार्कीको अभिनय रहेको छ । गीतको भिडियोलाई प्रविन सिंहले निर्देशन तथा कोरियोग्राफी गरेका छन् । भिडियोलाई ज्ञानेन्द्र शर्मा हुमागाईँले छायांकन गरेका छन् ।