बिश्वमा अनौठा अनौठा चलन भएका देश तथा ठाउँहरु छन् । जुन देख्दा र सुन्दा निकै अचम्म लाग्छ । बिश्वमा यस्तो अनौठो ठाउँ पनि छ जहाँ महिलालाई मात्र देख्न पाइन्छ । पुरुषलाई देख्न नपाइने त्यो अनौठोे गाउँ केन्यामा छ । उक्त ठाउँमा पुरुषलाई प्रवेश निषेध गरिएको छ । यो अफ्रिका महादेशकै एक मात्र अनौठो गाउँ हो । यस गाउमा महिला मात्र बस्छन् ।

यो गाउँ केन्याको समबुरु भन्ने इलाकामा पर्छ । यस गाउँमा एक अनौठो एतिहास लुकेको छ । उमोजा नाम गरेको यो गाउँमा शुरुवातमा १५ जना महिला मात्रै थिए । आज भन्दा झण्डै २८ वर्ष अगाडि अर्थात सन् १९९० मा वेलायती सेनाका जवानले बलात्कार गरेका १५ महिलालाई लगेर उक्त गाउँमा छोडीएको थियो । पछि पुरुषबाट पीडित भएका महिलाहरु बिस्तारै आउन थाले ।

पुरुषबाट हिंसामा परेका, बलात्कृत भएका, वाल विवाह भएका महिलाहरु उक्त गाउँमा आउन थालेपछी संख्या पनि बढ्दै गयो । अहिले यो गाउँमा करिब ३ सय भन्दा बढि महिलाहरु बसेका छन् । यस गाउँमा पुरुषलाई छिर्न नदिने नियम लागु गरेका छन् । अहिले यस गाउँमा महिलाहरुले पेशा व्यवसाय पनि थालेका छन् । यो गाउँमा पुरुषलाई प्रवेश गरिएपनि महिलाहरु भने गर्भवती भइरहेका हुन्छन् । उनीहरु राति भएपछि छिमेकी गाउँमा गएर मन परेका पुरुषहरुसँग शारीरिक सम्पर्क राख्छन ।