छवि ओझा र शिल्पा पोखरेल बीचको लफडाले अहिले सोसल मिडिया र फिल्मी छेत्र तात्तिएको छ । शिल्पा पोखरेलले छवि ओझा बाट घरेलु हिंसा भएको कारण छवि संग डिभोर्स मागिरहेको बेला कलाकारहरुले यस विषयमा आफ्नो आफ्नो धारणाहरु बताईरहेका छन् । यहि विषयमा मिडिया संग कुराकानी गर्दै प्रियंका कार्की र आयुष्मान देसराज जोशीले पनि आफ्नो धारणा प्रस्तुत गरेका छन् । वेब सिरिजको अडिसनको क्रममा मिडिया संग कुराकानी गर्दा मिडियाको प्रश्नमा प्रियंकाले खुलेर जवाफ दिदै हिसा विरुद्द कडा जवाफ दिएकी छिन् ।

शिल्पा पोखरेलले सहेको घरेलु हिसा बारे के भन्नुहुन्छ भन्दा प्रियंका भन्छिन्: “घरमा श्रीमान श्रीमती बीच झगडा पर्नु ठुलो कुरा होईन र आफ्नो झगडा भने कोठा भित्र नै रहनु पर्छ । तर झगडा पर्यो भन्दैमा घरेलु हिसा बारे चाहि म सहनु हुदैन भन्छु । घर भित्र होस या बाहिर हिंसा भनेको हिंसा नै हो र यस बारे खुलेर बोल्नुपर्छ र न्याय तर्फ जानुपर्छ । मैले दुवै तर्फको कुराहरु त राम्रो संग बुझेको छैन तर जति बुझेको छु त्यहि अनुसार भन्दा हिँसा भएको छ भने सहनु हुदैन र कारवाही हुनपर्छ चाहे हिंसा श्रीमान बाट होस या परिवारको जो कोही बाट होस ।”

हेर्नुहोस भिडियो कुराकानी: