काठमाडौं । ज्योति मगर गायिका हुन् । उनको परिचय यतिमा मात्रै सिमित रहँदैन, अभिनयदेखि छोटा कपडामा स्टेज कार्यक्रममा तहल्का मच्चाउने कलाकारमा पर्छिन् । केही समय अघि उनको विशाल गुरुङसँग विवाह भएको चर्चाले बजार राम्रै ततायो । तर, मंगलबार क्यानडानेपालसँगको कुराकानीमा उनले आफूले विवाह नगरेको दाबी गरिन् ।आफू अविवाहित युवती रहेको भन्दै उनले अब विवाह गर्ने सोच रहेको जानकारी दिइन् ।

आफ्नो प्रेमी नरहेको जिकीर गरेकी ज्योतिले आफूसँग विवाह गर्न चाहने कुनै केटा भए सम्पर्कमा आउन अपिल पनि गरिन् । एक अर्काे प्रसङ्गमा गायिका ज्योतिले आफूमाथि लोक दोहोरी प्रतिष्ठानले विभेद गरेको गुनासो पनि गरिन् । सांगीतिक यात्रा तथा समग्र जीवनकोबारेमा ज्योति मगरसँग गरिएको हेर्नुहोस् यो भिडियो अन्तर्वार्ता:

ज्योति मगरले यस तिजमा विशेष गित दर्शक माझ पस्किने निर्णय पनि गरेकी छिन । ज्योतिका अनुसार यसपालि तिजमा विशेष गित ल्याउने जसले दर्शकको मनमा छाउने छ । ज्योति मगरका अनुसार यसपालिको गितमा धेरै हट भन्दा पनि एउटा नारीको भावना लाई चित्रण गर्न खोजेको छ । ज्योति मगरले आफु हट हुदा कयौपल्ट गाह्रो अवस्थाहरु पनि आइपरेको र सहनु परेको कुरा बारे दुख व्यक्त गर्दै भनिन्: “मलाई वहिष्कार नै गर्न पनि खोजियो तर जित सधै सत्यको हुन्छ र म सधै आफ्नो मर्यादामा रहेर गित र प्रस्तुति दिएको थिए त्यहि भएर दर्शकको साथ सधै पाएको हु ।”