पृथ्वीराज प्रसाईं । उनी रोए किनकी उनी पुरुष भएर जन्मेका थिए । उनी रोए तर आँसु देखाएनन् किनकी समाजले भन्छ पुरुष रुनुहुँदैन । उनी रोए किनकी उनले ४ वटा बिहे गर्दा पनि सम्बन्ध टिकाउन सकेनन् । उनी रोए किनकी आफुले आफ्नोभन्दा पनि आधा उमेरको युवतीसँग बिहे गरे । उनी रोए किनकी जसको भविश्य बनाउन उनी रात दिन लागे, वहाँको भविस्य बिगार्ने मान्छे आफु नै रहेछु भनेर थाहा पाउँदा रोए । उनी रोए किनकी तरकारीमा नुन कम राखेछौ भन्नु उनको गल्ती थियो ।

उनी रोए किनकी आफ्ना आफन्तसँग राम्रोसँग मिठो बोली बोलिदेओस भन्ने चाहना राखे । उनी रोए किनकी संस्कारमा सासु ससुरालाई दर्शन नमस्ते गर्नु पर्छ भनेर सिकाउन चाहेछन् क्यारे । उनी रोए किनकी उनले एक बाँझी पनि आमा हुन सक्छे भनेर कल्पना गरे । यत्तिमा उनले बिर्सेकी उनीसँग एक आमा, श्रीमती, ठूली आमा, सानीआमा होइन सेलिब्रेटी थिइन्, उनका एक ईशारामा सारा मिडियाद्वारा उनका आसुका समुद्र संसारले देख्ने छ ।

उनी रोए किनकि उनीसँग भान्सा कोठा मात्र होइन पुरै घरको जिम्मेवारी छ । मुख धुने पानी मात्र होइन साबुन पनि किन्ने तनाब छ, आँसु पुछ्ने टालो फाटिसक्दा नयाँ किन्नु पर्ने जिम्मेवारी छ । उनी रोए किनकी मन मिलेर बिहे गरेको र मन मिलेरै सम्बन्ध राखेको मान्छेले श्रीमानबाट बलात्कृत भएको भन्ने सुन्छन् । उनी रोए किनकी मन मिलेर बिहे गरेको मान्छेको आज उनले कानको जाली फुटाएका छन ।

उनी रोए आफ्नो प्रेमलाई सम्झिएर । आफ्नो भाग्यलाई सम्झिएर । आफ्नो दूर्भाग्य सम्झिएर । यतिका बर्षसम्म कमाएको आफ्नो सामाजिक प्रतिष्ठा सम्झिएर । उनी रोए किनकी आज उनीबाट चौथो पटक नारीलाई अन्याय भएको छ । र पनि उनको अनुहारमा ठूलो चोट देखिदैन किनकी उनी पुरुष हुन, चोट दबाउन बानी परिसकेको छ । उनी रोए किनकी उनलाई चोट थाहा छ । उनी रोए किनकी पुरुष भएकै कारण आज उनी भीडमा पनि एक्लै छन ।

उनी रोए किनकी घरेलु हिंसा महिलालाई मात्र हुँदो रहेछ । उनी रोए किनकी समाजमा उनको पारिवारिक सम्बन्ध छताछुल्ल बनेको देखेर । उनी रोएको कसैले देखेन किनकी उनी पुरुष हुन उनका आँसु समाजमा होइन एकान्तमा मात्र बग्ने गरेका छन । हो रुन त उनी पनि रोए तर उनका आसु देखिएनन् ।

समाजमा हुने सबै किसिमका हिंसाको अन्त्य गराँै । एकपक्षीय धारणा दिनु भन्दा दुवै पक्षको कुरा सुनाँै । देशमा कानुन छ, अन्यायमा परेकोले न्याय पाउने छन् । सामाजिक सञ्जालमा कोहोलो नगरौँ । सम्बन्ध एक जनाको कारणले मात्र टुट्दैन यसमा दुबै जनाको उत्तिकै हात हुन्छ ।

(प्रसाई अभिनेता हुन् । उनको फेसबुकबाट साभार गरिएको हो । शब्द: किसन अर्याल)