काठमाडौं ।  सरकारले ताप्लेजुङकी याङजोम शेर्पालाई नेपाल ट्रष्टको संचालक समिति सदस्यमा मनोनित गरेको छ । घुन्सा फाउन्डेसनको अध्यक्ष तथा वालुङ उत्थान समाजको केन्द्रिय सदस्य समेत रहेकी शेर्पा ट्रष्टको संचालक समिति सदस्यमा मनोनित भएकी हुन् । समाजसेवामा सक्रिय रहँदै आएकी उनले घुन्सा फाउन्डेसन मार्फत स्वास्थ्यलगायतका क्षेत्रमा विभिन्न सहयोगहरु प्रदान गर्दै आएकी थिइन् ।

हालै घुन्सा स्वास्थ भवनमा पहिलोपटक घुन्सा फाउन्डेसनको आयोजनमा प्राविधिक सहयोगलगायत स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । सो क्रममा अस्थाई परिवार नियोजनका साधन, महिलाहरुलाई स्यानेटरी प्याड, औषधि वितरण गरिएको थियो भने विद्यार्थीहरुलाई स्वास्थ्यसँग सम्बन्धित शिक्षाहरु दिइएको थियो