काठमाडौं । बलिउड नायिका अमिषा पटेल नेपाल आइपुगेकी छन् । भैरहवामा आयोजना हुने सांस्कृतिक कार्यक्रममा सहभागी हुन अमिशा नेपाल आएकी हुन् । भैरहवाको टाइगर प्यालेस रिसोर्टमा सांगीतिक कार्यक्रममा अमिशा सहभागी हुनेछिन् । यतिबेला अमिशा पटेल भारतमै विवादमा परेकी छन् । उनीविरुद्ध ठगी आरोपमा कारबाही प्रक्रिया चलिरहेको छ ।

केही समययता नेपालमा बलिउड कलाकारलाई बोलाएर सांगीतिक कार्यक्रम गर्ने ट्रेन्ड चलिरहेको छ । केही दिनअघि मात्रै गायक आदित्यनारायण झा काठमाडौं आई प्रस्तुति दिएर मुम्बई फर्किसकेका छन् ।