मुम्बई – भारतको मुम्बाईमा एक चार तले भवन भत्किँएको छ । मुम्बाई शहरमा रहेको एक चार तले भवन मङ्गलबार भत्किँदा पचास जना व्यक्ति फसेको आशङ्का गरिएको छ । चार तले भवन मङ्गलबार भत्किँदा यसको भग्नावशेषमा ५० व्यक्ति फसेको हुनसक्ने अनुमान गरिएको छ ।

स्थानीय अधिकारीहरुका अनुसार प्रहरी, उद्धारकर्ता र स्थानीयको सहयोगमा उद्धारकार्य जारी राखेको बताइएको छ । राहत र उद्धारका लागि दमकल र गाडीहरु पुगेको बताइएको छ । यस समाचारको विस्तृत विवरण भने प्राप्त भइसकेको छैन ।