काठमाडौं ।  संयुक्त राष्ट्र संघले नेपालसहित दक्षिण एसियामा बाढी, पहिरो र डुबानबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले दक्षिण एसियामा बाढी पहिरो र डुवानका कारण प्रभावित भएकोमा दुःख व्यक्त गरेका हुन् ।

महासचिव एन्टोनियो गुटेरेसका सहायक प्रवक्ताले विज्ञप्ति जारी गर्दै ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

महासचिव गुटेरेसले बाढीका कारण ज्यान गुमाएका, घरबार बिहीन तथा सम्पत्ति गुमाएका नेपाल, भारत, बंगलादेश र म्यानमारका नागरिकप्रति सहानुभूति व्यक्त गरेका छन् । उनले प्रभावित देशलाई मानवीय सहायता गर्न तयार रहेको बताएका छन् ।