एजेन्सी – चर्चित अभिनेता जोन अब्राहम अभिनित फिल्म “बाटला हाउस” को “ओ साकी साकी” बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा नेहा कक्कर , तुलसी कुमार र बि प्राक्कको शब्द स्वर रहेको छ भने तानिसेक बाक्चीको शब्द रहेको छ । यस गीतको भिडियोमा जोन अब्राहमलाई एक्सन अवतारमा देखाइएको छ । भने भिडियोमा नोरा फतेहीको दमदार डान्स रहेको छ ।

अगस्त १५ बाट रिलिज हुँने तयारीमा रहेको यस फिल्ममा जोन अब्राहम मुख्य भूमिका रहेको छ । यो फिल्म निखिल आणवाडीको निर्देशनमा तयार भएको छ । यस फिल्म २००८ मा दिल्ली स्थित बाटला हाउसमा भएको एक प्रहरी मुडभेडमा आधारित रहेर तयार पारिएको छ ।