सुनसरीको दुहबीमा एक बालकको पोखरीमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा दुहबी नगरपालिका–२ का सलिब मियाका ४ वर्षीय छोरा जुगेर मिया रहेका छन् । उनको पोखरीमा डुबेर मृत्यु भएको हो । सोमबार विवाहमा जान भनी हिँडेका ४ वर्षीय जुगेर घर नजिकै रहेको पोखरीमा डुबेका हुन् ।

पोखरीमा डुबेर घाइते भएका उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भएका उनलाई उपचारको लागि सामुदायिक अस्पताल दुहबी हुँदै थप उपचारको लागि बिराट टिचिङ अस्पताल लगिएको थियो ।