एजेन्सी – बलिउडमा निकै चर्चामा आइरहने चर्चित जोडी हुन् अनुष्का शर्मा र क्रिकेटर विराट कोहली । यी दुई बेलाबेलामा बिभिन्न कारणले चर्चामा आइरहने गर्छन् । बलिउडमा धेरैको मन जितेकी अनुष्का र क्रिकेटमा पनि लाखौं फ्यान कामएका बिराटको जोडीलाई अचम्मको जोडी मानिन्छ । यी जोडीको बिबाहको खबर अचानक सुन्दा धेरै चकित परेका थिए । यसैक्रममा हालै नायिका अनुष्काले आफ्नो बिबाहको केहि नया कुरा खुलाएकी छिन् । उनले अभिनेत्रीको हिसाबमा आफ्नो बिहे कम उमेरमा भएको बताएकी छिन् । उनले २९ वर्षको उमेरमा बिबाह गरेकी थिइन् ।

उनले क्रिकेटर विराट कोहलीसँग हतारमा बिबाह भएको भन्दै हतारमा बिबाह हुनुको कारण खुलाएकी छिन् । नायिका अनुष्काले भनिन् ‘मैले २९ वर्षको उमेरमा बिहे गरें जुन अभिनेत्रीका हिसाबले निकै कम हो । मैले यस्तो गर्नुको कारण मलाई प्रेम भएको थियो । बिहे यस्तो चीज हो जसले सम्बन्ध अगाडि लैजान्छ । म सधैं यो कुराको पक्षमाछु कि महिलाहरुसँग समान व्यवहार हुनुपर्छ । म चाहन्नथें कि जीवनको सुन्दर पल बाँच्ने बेला मेरो मनमा डर होस् । यदि एक पुरुषले बिहे गरेपछि काम गर्न डर लाग्दैन भने महिलाहरुको हकमा पनि यस्तै किन हुन सक्दैन ’ पछिल्लो समय नायिका अनुष्का फिल्म क्षेत्रमा देखिएकी छैनन् ।