एजेन्सी – बलिउडमा निकै चर्चामा आइरहने चर्चित नायिका हुन् कैटरीना कैफ । उनको आज जन्मदिन परेको छ । उनले आज अफ्नो ३६ औं जन्मदिन मनाईरहेकी छिन। सन् १९८३ जुलाई १६ मा हंगकंगमा जन्मिएकी उनको वास्तविक नाम कट्रिना टारकेटि हो। विना मेकअप नै निकै सुन्दर देखिने उनको पछिल्लो फिल्म भारतले पनि बलिउडमा हँगामा नै मच्चायो ।

मोडलिंगबाट करियर सुरुवात गरेकी कट्रिनाले हालसम्म आफु अभिनित रेस , न्युयोर्क , ब्लु , अजब प्रेमकी गजब कहानी , धुम ३ , भारत , राजनीति , फितुर लगायतका धेरै फिल्म खेलेकी छिन् । अहिलेसम्म दर्जनौ फिल्ममा अभिनय गरेर चर्चा बटुलेकी कट्रिनाले फिल्म ‘बुम’ बाट बलिउडमा डेब्यु गरिन् । फिल्म धुमले बलिउडमा खासै तहल्का मच्चाउन नसके पनि अहिलेका उनका फिल्म निकै सुपरहिट छन् । पछिल्लो समय उनी अक्षय कुमारको फिल्म चलचित्र ‘सुर्यबंसी’ को छायांकनमा व्यस्त छिन् ।