काडमाडौँ – हाँस्य कलाकारीता क्षेत्रमा निकै चर्चा कामाएका हाँस्य कलाकार हुन् कमलमणि नेपाल । उनको हिजो असार ३० गते जन्मदिन परेको थियो । उनले आफ्नो ४२ औँ जन्मदिन धुमधामले मनाएका छन् । उनको जन्मदीनमा भद्रगोल टिमको उपस्थिती थियो । पछिल्लो समय खुपीका बाउ नामले परिचित उनलाई नचिन्ने सायद कमै दर्शक होलान्।

भद्रगोलमा ए होई ए होइु, के त भन्दा खेरि आखिरिमा होनितु जस्ता संवाद बोल्ने गरेका उनलाई धेरै दर्शकले चिनेका छन् । उनलाई दर्शकले उनको नाम भन्दा बढी खुपीका बाउ को नामले चिन्ने गर्छन् । भद्रगोलका खुपीको बाउले अहिले सम्म धेरै फिल्म, म्युजिक भिडियो र स्टेज कार्यक्रममा अभिनय गरिसकेका छन् । उनी हाँस्य टेलिश्रृंखला भद्रगोलु बाट नै दर्शकमा चिनिए । भिडियोमा हेर्नुहोस् भद्रगोलका कमलमणि नेपाल अर्थात खुपीका बाउले यसरी आफ्नो जन्मदिन मनाए ।