काठमाडौं । काठमाडौं कृषि विकास बैंकमा ३८४ जनाका लागि जागिर खुलेको छ । बैंकले सार्वजनिक सूचना जारी गर्दै बिभिन्न पदका लागी लागि दरखास्त आव्हान गरेको हो । वरिष्ठ शाखा प्रमुखदेखि लेखापालसम्मका पदका लागि आवेदन खुलेको कृषि विकास बैंकले जनाएको छ । आर्थिक वर्ष २०७५र७६ कर्मचारी दरबन्दीमा रिक्त रहेको विभिन्न तहमा कर्मचारी दरखास्त आव्हान गरेको हो ।

वरिष्ठ शाखा प्रमुख ८ जना , वरिष्ठ लेखा अधिकृत २२ जना, वरिष्ठ इन्जिनियर २० जना, व्यवसाय सहायक १०७ जना एमआईएस सहायक १३, सिभिल ओभरसियर ५ जना एवं लेखापाल गरी ३८४ कर्मचारीको माग गरेको जनाइएको छ । आवेदन दिनेले अनलाइबाटै भर्न सकिने जनाइएको छ । दरखास्त साउन २० गतेसम्म दिन सकिनेछ । बाकीँ सुचना बैंकको वेभ साइटबाट लिन सकिन्छ । सूचना यस्तो छ