काठमाडौं । ज्योतिषशास्त्रअनुसार औंठी तथा पथ्थरले मानिसको जीवनमा प्रभाव पारेको हुन्छ । नौ ग्रहअनुसारका फरक फरक धातु रहेका हुन्छ । ग्रहको भोगअनुसार औँठी, पथ्थर र धातु धारण गर्नुपर्ने ज्योतिषहरु बताउँछन् । हिन्दू धर्ममा सुन, चाँदी र तामा यी तीन धातुलाई पवित्र मानिएको छ । ग्रहका राजा सूर्य हुन् र सूर्यको धातु तामा भनिएको छ । यसमध्ये तामाको औँठी धारण गर्दाको फाइदाबारे यहाँ चर्चा गर्न खोजिएको हो ।

तामाको औंठी लगाउँदा कुण्डलीमा सूर्य दोषको असर कम हुन्छ भने सूर्यसँगै मंगलको अशुभ असरलाई कम गर्छ । तामाको औंठीले सूर्यको बल बढाउने हुँदा सूर्यदेवको कृपाले घरपरिवार र समाजमा मानसम्मान पाइन्छ ।

तामाको औँठीले ज्योतिषशास्त्रअनुसारको फाइदा मात्रै होइन स्वास्थ्यका हिसाबले पनि लाभदायिक हुन्छ । यसले रगत सफा गर्नेदेखि पेटसम्बन्धी रोगबाट जोगाउन पनि सहयोग गर्ने गर्छ । तामा औंलामा लगाउँदा छाला पनि चमकिलो हुन्छ ।