काठमाडौं ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले एउटै सञ्चार माध्यमलाई रेडियो, टिभी र एफएमहरुमा लगानी गर्न नपाउने बताएका छन् । काठमाडौंमा सोमबार सञ्चार उद्यमीहरुसँगको अन्तरक्रिया कार्यक्रममा उनल भने, ‘एउटै सञ्चार माध्यामलाई रेडियो, टिभी र एफएमहरुमा लगानी गर्न दिदैँनौ।यसले मिडियामा असन्तुलन ल्याउँछ।’

सञ्चार माध्याममा विदेशी लगानी स्वीकार्य नहुने बताएका सरकारका प्रवक्ता समेत रहेका उनले भने,’नेपाली सञ्चार माध्यममा विदेशी लगानी भित्र्याउन दिँदैनौ।यसले हिंसा र आतंकवादी क्रियापलापलाइ प्रश्रय दिने सम्भावना धेरै हुन्छ।’ मन्त्री बास्कोटाले श्रमजीवि पत्रकारहरुलाई न्यूनतम पारिश्रमिक नदिने सञ्चार माध्यामलाई कारबाही गर्नै चेतावनी पनि दिए ।