काठमाडौँ – यूएईमा कार्यरत नेपालीको नयाँ तथ्यांक सार्वजनिक भएको छ । हालसम्म युएईमा काम गर्न जाने नेपालीको संख्या साढे दुई लाख पुगेको जनाइएको छ । युएईमा नेपालीहरु पेशा, व्यवसायको रुपमा रहेका छन् । दूतावासका अनुसार युएईमा काम गर्न जाने नेपालीको संख्या २ लाख ४९ हजार ६ सय ८१ रहेको जनायएको छ ।

युएईमा अध्ययन गर्न जाने विद्यार्थीको संख्या भने ३ सय ५७ जना रहेको जनाइएको छ । तथ्यांकअनुसार पछिल्लो दुई वर्षमा युएईमा काम गर्न जाने नेपाली २५ हजारले बढेको जनाइएको छ । यूएईको पररास्ट्र तथा अध्यागमनको तथ्यांकअनुसार दुई वर्ष पहिले यूएईमा २ लाख २४ हजार ६ सय १ जना नेपाली कार्यरत रहेका छन् ।