काठमाडौं । हिन्दूले मात्रै होइन अन्य धर्मालम्वीहरुले धर्तीलाई ढोग्ने गर्छन् । बिहान सुतेर उठेपछि धर्तीमा पाइला टेक्नु अघि मात्रै होइन हिन्दूहरुको धार्मिक अनुष्ठानका बेला पनि धर्ती ढोग्ने गरिन्छ । आखिरी किन ढोगिन्छ धर्तीलाई ? यसबारे कमैलाई मात्र थाहा होला । धार्मिक हिसाबले मात्रै होइन धर्तीले मानव जीवनमा गरेको सहयोगप्रति नतमस्तक भएर ढोग्नेहरु पनि छन् । धर्ती प्राणीको पालनकर्ता हो । मानव जीवनका लागि सबै आवश्यक पदार्थ धर्तीले नै दिने भएकाले पृथ्वी पुजनीय भएको हो । सनातन हिन्दू धर्ममा धर्तीलाई देवी र आमाको स्थान दिइएको छ ।

धर्तीलाई ढोग्दा आफ्नो मातृभूमी र पृथ्वीप्रतिको सम्मान र आदर गर्नु हो । हरेक मानिसभित्र आफ्नो देश, आफ्नो भूमिप्रतिको जिम्मेवारीको भाव पैदा हुन्छ । कसैले केही दियो भने उसलाई केही न केही फिर्ता गर्नुपर्ने हुन्छ । धर्तीले मानिसलाई धेरै दिएको छ । तर, मानिसले ढोगेर र सम्मान प्रकट गर्ने गरिएको हो ।