काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)मा नेपाली संख्या साढे दुई लाख पुगेको छ । सार्वजनिक भएको नयाँ तथ्यांकअनुसार यूएईमा रहेका नेपालीको संख्या २ लाख ४९ हजार ६ सय ८१ पुगेको हो । यूएईको पररास्ट्र तथा अध्यागमनको तथ्यांकअनुसार विभिन्न पेशा, व्यवसायको रुपमा यूएईमा २ लाख ४९ हजार ६ सय ८१ जना रहेका हुन् ।

कामदारको रुपमा यूएई आउने नेपालीको संख्या पछिल्लो दुई वर्षमा जम्मा २५ हजारले बढेको पाइएको छ । दुई वर्ष पहिले यूएईमा २ लाख २४ हजार ६ सय १ जना नेपाली कार्यरत थिए । यस्तै युएईमा अहिले ३ सय ५७ जना नेपाली विद्यार्थी अध्ययनरत रहेका नेपाली दूतावास आबुधाबीले जनाएको छ । दुई वर्ष अघि ५ सय जना विद्यार्थी अध्ययनरत थिए ।