एजेन्सी बलिउडका एक्सन स्टार ऋतिक रोशन र टाइगर श्राफ अभिनित फिल्म ‘वार’ को अफिसियल टिजर सार्बजनिक भएको छ । यश राज फिल्म्सको प्रस्तुतिमा तयार पारिएको यस फिल्मको टिजर सोमवार सार्वजनिक गरिएको हो । सार्वजनिक टिजरमा अभिनेता ऋतिक रोशन र टाइगरको घमासान युद्ध देखाइएको छ ।

अक्टोवर २ मा रिलिज हुने तयारीमा रहेको यस फिल्म सिद्धार्थ आनन्दको निर्देशनमा बन्न लागेको हो । आदित्य चोपडाको निर्माणमा तयार भएको यस फिल्ममा टाइगर , ऋतिक र बाणीको मुख्य भुमिका रहेको छ । सार्वजनिक टिजरमा पनि अभिनेत्री बाणी कपूरलाई देखाईएको छ। हेर्नुहोस् टिजर