काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेससहित राजपाले सदनको पूर्वनिर्धारित कार्यक्रम स्थगित गर्न माग गरेका छन् । प्रतिनिधि सभामा ‘जरुरी सार्वजनिक महत्वको प्रस्ताव’ दर्ता गरेका गरेका उनीहरुले पूर्वनिर्धारित कार्यक्रम स्थगित गरि बाढी, पहिरो र डुबानबारे छलफल गर्न माग गरेका छन् ।

कांग्रेसका मिनेन्द्र रिजाल र पुष्पा भुसाल तथा राजपाका राजकिशोर यादवले ‘जरुरी सार्वजनिक महत्वको प्रस्ताव’ दर्ता गरेका हुन् । उनीहरुले संसदमा बाढी, पहिरो र डुवानबारे छलफल गर्न र पूर्व निर्धारित कार्यक्रम स्थगित गर्न माग गरेका हुन् । सांसदहरुलाई उद्धार, राहत र पुनस्र्थापनामा संलग्न गराउनु पर्ने सो प्रस्तावमा उल्लेख छ ।