काठमाडौं । मकवानपुर कुलेखानी जलाशय जलविद्युत आयोजनाको इन्द्रसरोबर भरिएको छ । इन्द्रसरोबर भरिएपछि तल्लो तटीय क्षेत्रमा आवश्यक सतर्कता अपनाउन प्रदेश प्रहरी कार्यालयहरूलाई सर्कुलर जारी गरिएको नोपल प्रहरी प्रधान कार्यालयले जनाएको छ ।कुलेखानी जलविद्युत आयोजनाको सरोवर भरिएर २५.४/३० मिटर पुगेको छ । कुलेखानीमा पानी भरिन १८÷३० आवश्यक पर्छ । तर, अहिले पानीको लेभल बढेपछि बाँधमाथिबाट पानी बग्न थालेको छ ।

आयोजनाले बाँध खोलेर पानी नियन्त्रित निकास गर्नुपर्ने जनाएको छ । त्यसको काम सुरु भइसकेको उसको भनाइ छ । कुलेखानी जलाशययुक्त आयोजना हो । इन्द्रसरोबरमा जम्मा भएको पानीबाटै विद्युत उत्पादन हुँदै आएको छ । यस वर्ष निरन्तर वर्षा भएकाले कुलेखानीको सरोबर भरिएको हो । २०५० सालमा पनि कुलेखानी सरोबर भरिएको थियो । पानीको निकास थुनिएपछि बाँध भत्किँदा तटीय क्षेत्रमा बाढी गएको थियो । जसका कारण तराईका रौतहट, सर्लाही जिल्लामा गएको भीषण बाढीले ठूलो जनधनको क्षति पुगेको थियो ।