काठमाडौं – राष्ट्रिय श्रम शक्ति सर्वेक्षणले नेपालीको औसत मासिक आम्दानी १८ हजार पाँच सय रुपैयाँ रहेको उल्लेख गरिरहेका बेला कतिपय गन्तव्य मुलुकमा औषत २० हजार रुपैयाँ कमाइ गर्न नेपाली युवा जाने गरेको देखिएको छ।नेपालमा नै रोजगारी गर्ने जनशक्तिको औषत आम्दानी २० हजारको हाराहारी पुगेका बेला नेपाली युवा देखासिकीमा सीपबिना नै विदेश गइरहेका खबर आजको कारोबार दैनिकमा गोपाल संग्रौलाले लेखेका छन्।

रोजगारीका लागि विदेश जाने कतिपय युवाले औसत २० हजार रुपैयाँ मात्र कमाउने गरेका देखिन्छ।लामो समय विदेशमा विताएका थोरै नेपाली बाहेक अन्यले २० हजार रुपैयाँको हाराहारीमा कमाई गर्ने गरेका छन्। सर्वेक्षणले रोजगारीमा रहेका र तलब ज्याला प्राप्त गर्नेहरुको औसत मासिक आम्दानी लगभग २० हजार रहेको देखाएको छ।कतिपय गन्तव्य मुलुकमा नेपालीले औसत २० हजार रुपैयाँ मात्रै पाउँदै आएका श्रममन्त्री गोकर्ण विष्टले बताए।