काठमाडौँ – नेपाली साँगितिक क्षेत्रकी निकै चर्चित गायिक हुन् सिन्धु मल्ल । गायिका सिन्धु मल्लले हालसम्म धरानको बजारमा, काफल गेडी कुटुक्कै, माछी मारन, ससुरालीमा, लठ्ठी चार्ज नगर लगायतका धेरै नै लोकगीत र तिज गीत गाएकी छिन् । झण्डै १० बर्ष सम्म गीतसँगितबाट टाढा भएकी उनी फेरी नयाँ गीत लिएर बजारमा आएकी छिन् । उनले केहि समय अघि पिरतिको जाल “चैर मुसी चैर” लिएर बजारमा आएकी थिइन । उक्त गीतलाई पनि छोटो समयमा नै धेरैले मन पराए । अब फेरी उनी चिटिक्कै भाछु रे बोलको नयाँ तीज गीत बजारमा ल्याउने तयारीमा जुटेकी छिन् ।

धेरै बर्ष अघि अत्यन्तै मनपराइएको चिटिक्कै भाछु रे बोलको तिज गीतलाई नयाँ तरिकाले बजारमा ल्याउने तयारीका साथ उनी अहिले उक्त गीतको सुटिंगमा ब्यस्त भइरहेकी छिन् । अब आउने उक्त गीतमा चर्चित नायिका तथा मोडल आचल शर्माले पनि अभिनय गर्ने छिन् । यसैबिच उक्त सुटिंगमा गायिका सिन्धु मल्ल र मोडल आचल शर्मासँग हामिले कुराकानी गरेका छौ । कुराकानीमा गायिका सिन्धु मल्लले १४ बर्ष अघि दर्शकले निकै मनपराएको चिटिक्कै भाछु रे बोलको गीतलाई नयाँ भर्सनमा ल्याउने तयारी रहेको बताएकी छिन् ।

उनले मोडल आचल शर्मा राम्री र न्यु जेनेरेसन भएकोले यस म्युजिक भिडियाको लागी आफुले रोजेको बताएकी छिन् । गायिका सिन्धु मल्लले पल र आचलको जोडी आफुलाई निकै मन परेको बताएकी छिन् । कुराकानीमा गायिका सिन्धु मल्ल र मोडल आचल शर्माले ससुरालीमा र चिटिक्कै भाछु रे गित गाउदै निकै रमाईलो गरेका छन् । भिडियोमा हेर्नुहोस् गायिका सिन्धु मल्ल र मोडल आचल शर्मासँगको यो रमाईलो कुराकानी