काठमाडौं । छविराज ओझा नेपाली चलचित्र चर्चित निर्माता हुन् । हाल उनी विवादमा परेका छन् । उनको चरित्र र व्यवहारका विषयले चर्चा पाउन थालेको छ । उनीमाथि विभिन्न आरोप लाग्न थालेको हो । चौथी पत्नी शिल्पा पोखरेलले उनीविरुछ घरेलु हिंसाको उजुरी प्रहरीसमक्ष दिएपछि थप विषयहरु सतहमा आउन थालेका हुन् ।

पहिलो श्रीमतीसँग डिभोर्स गरेका छविको दोस्री पत्नी गीताञ्जली सुनुवार डिप्रेशन गएर आत्महत्या गरेकी थिइन् । तेस्री पत्नी तथा अभिनेत्री रेखा थापाले पनि डिभोर्स गरेपछि छविराजले चौथो श्रीमतीको रुपमा शिल्पालाई तीन वर्ष अघि घरमा भित्र्याएका थिए । तर, अहिले उनीहरुबीच विवाद सुरु हुन थालेको छ ।

रेखा थापाले हिंसा सहेर नबोली डिभोर्स दिँदा अहिले आफू पीडित हुनु परेको भन्दै शिल्पाले हिंसाविरुद्ध लड्ने बताएकी छन् । डिभोर्स अघि घरायसी विवादमा छविराजले रेखालाई अनुहारमा एसिड आक्रमण गर्ने धम्की दिएको समेत शिल्पाले बताएकी छन् । तर, रेखाले यसबारे केही बताएकी थिइनन् ।

यो पनि पढ्नुहोस: छविसँग सँगै बस्ने नबस्ने दोधारमा शिल्पा, भन्छिन्, छबिले गल्ति मान्दै मागे माफी

छविराजले दिएको पीडाबारे नबोले भोलि अरु पीडित हुने देखिएकाले आफू प्रहरीसमक्ष गरेको शिल्पाको भनाइ छ । छविराजविरुद्ध उजुरी दिएपछि धेरै मानिसहरु आफूलाई उजुरी फिर्ता लिन आग्रह गर्न आएको समेत बताएकी शिल्पाले तर, त्यस्ता आग्रहलाई ठाडै इन्कार गरेको दाबी गरिन् ।

यो भिडियो पनि हेर्नुहोस: