दाल भात तरकारी बाट मिश्रित प्रतिक्रिया पाए पछि नायिका आचल शर्माले अहिले कुनै पनि फिल्म साईन गरेकी छैनन् । आचल शर्मा अहिले पूर्ण रुपले म्युजिक भिडियोको काममा व्यस्त छिन् । म्युजिक भिडियोमा काम गरिरहेकी आचलले राम्रो स्क्रिप्टको पर्खाईमा रहेको बताएकी छिन । धेरै फिल्मको अफरहरु आईरहेको छ तर स्क्रिप्ट मन नपरेकाले अहिले सम्म कुनै पनि फिल्म साईन नगरेको आचलको भनाई छ । दर्शकहरु ले भने आचल लाई पल संग जोडीको रुपमा फिल्ममा हेर्न चाहेका छन् तर आचलका अनुसार अहिले तत्त्कालै त्यस्तो सम्भव नरहेको बताईन ।

गायिका सिन्धु मल्लको तिज विशेष गोतको भिडियोमा मोडलको रुपमा काम गर्दै गरेकी आचल शर्माले क्यानाडा नेपालका लागि सन्तोष निरौला संग कुराकानी गर्दै पल शाह संगको विवाह कत्ति सम्म सम्भव छ भन्ने विषयमा खुलेर भनेकी छिन । आचलले रातो सारीमा सजिएको बेला आफ्नो विवाहको कुरा लाई लिएर आएको टिक्का टिप्पणी बारेमा प्रष्ट संग भनेकी छिन कि अहिले विवाह बारेमा सोचेको छैन तर विवाह गर्ने रहर भने सबै लाई झैँ आफुलाई पनि छ । साथै पल शाह संग विवाह हुने नहुने कुरा चाही अहिले सम्भव नदेखिएको बताईन ।

आचलले कुराकानी गर्दै भनिन्: “पल शाह संग मेरो विवाहको कुरा सधै आईरहने गर्छ र दर्शकहरु ले पनि चाहनु भएको छ जुन कुरा लाई म सकारात्मक रुपमा लिन्छु तर अहिले हाम्रो विवाह हुने कुरा चाहि सम्भव छैन तर भविष्यको बारेमा कसलाई के थाहा ? पल जी लाई म पहिला पनि माया गर्थे र अहिले पनि माया गर्छु साथिको रुपमा तर विवाह गर्ने तरिकाले भने हामी बीच त्यस्तो केहि पनि छैन । दर्शकको चाहना लाई म सम्मान गर्छु तर अहिले नै हाम्रो विवाह हुने नहुने कुराहरु केहि चलेको छैन र तत्काल लाई कुनै सम्भव पनि छैन । तर हामी संगै काम भने गरिरहेका हुन्छु ।”

आचल शर्मा र पल शाहको जोडी लाई दर्शकले अत्याधिक रुचाएको कारणले पनि होला प्राय फिल्म र भिडियोमा यी दुई लाई संगै हेर्न पाउ भन्ने खालको कमेन्टहरु आउने गर्छन । यस्ता कमेन्ट लाई आफुले सकारात्मक रुपमा लिने गरेको र यो भनेको हाम्रो अनस्क्रिन जोडी लाई दर्शकले दिनु भएको माया हो भन्ने बुझेको आचलको भनाई छ । पल शाहले भने भर्खरै म यस्तो गित गाउछु २ साईन गरेका छन् भने आचलले कुनै पनि फिल्म साईन गरेकी छैनन् । यस बारेमा आचलले आफु राम्रो स्क्रिप्टको पर्खाईमा रहेको बताउछिन ।