काठमाडौं । हिन्दूधर्मालम्वीहरुले शुक्रबार हरिशयनी एकादशी मनाएका छन् । घर–घरमा तुलसी रोपेर चर्तुमासा व्रत प्रारम्भ गरेका छन् । तुलसी धार्मिक हिसावले मात्रै होइन स्वास्थ्यका हिसावले पनि महत्वपूर्ण मानिन्छ । यसमा औषधीय गुण रहेको हुन्छ । तुलसीले सबैभन्दा धेरै अक्सिजन फाल्ने गर्छ, जसले मानवलाई फाइदा हुन्छ । तुलसीले धेरै अक्सिजन फ्याल्ने भएकाले नै हिन्दूहरुले मृत्यु हुने बेला तुलसीको मोठमा मानिसलाई राख्ने गरेको बताइन्छ ।

जसको घरमा तुलसी हुन्छ, त्यहाँको बारेमा जानकारी समेत दिने गर्छ । घर–परिवारमा संकट आउन लागेको छ भने पहिलो असर तुलसीको बोटमा पर्न जाने धार्मिक विश्वास छ । हिन्दूशास्त्रकाअनुसार जुन घरमा संकट आउन लागेको छ, त्यहाँ तुलसी ओइलाउने गर्छ । तुलसीमा कालो दागाहरु देखा परेमा पारिवारिक संकट आउने संकेत हुने बताइन्छ ।