काठमाडौँ – चर्चित नायक आर्यन सिग्देल अभिनित फिल्म ‘हजार जुनीसम्म’ को नयाँ आइटम गीत सार्बजनिक भएको छ । विकास राज आचार्य निर्देशित यस फिल्मको सुकुटी साधन साउनी बोलको आइटम गीत भर्खरै सार्बजनिक भएको हो । यस गीतमा मिना निरौला र पर्लाद तिमिल्सीनाको स्वर रहेकोे छ । गीतमा एकनारायण भण्डारीको शब्द र बसन्त सापकोटाको सँगित रहेको छ ।

यस गीतमा नायक आर्यन सिग्देल, स्वस्तिमा खड्का, दिपाश्री निरौला लगायतका कलाकारहरुको अभिनय रहेको छ । भदौ ६ गते रिलिज गर्ने तयारीमा रहेको ‘हजार जुनीसम्म’ मा आर्यन सिग्देल, प्रियंका कार्की, स्वस्तिमा खड्का, सलोन बस्नेत, अखिलेश प्रधान, अनुभव रेग्मी, संचिता लुइँटेल लगायतका कलाकारको अभिनय रहेको छ।