एजेन्सी – बलिउडमा बिभिन्न कारणले चर्चामा आइरहने अभिनेत्री हुने सोनाक्षी सिन्हा । फिल्म दबंगबाट निकै चर्चामा आएकी अभिनेत्री सोनाक्षीको एक नयाँ खबर बाहिरिएको छ । उनलाई अहिले एक गम्भिर आरोप लागेको छ । भारतिय मिडियाका अनुसार अभिनेत्री सोनाक्षीमाथि उत्तर प्रदेश पुलिस स्टेशनमा धोकेवाजी र घटिया कामको बिरुद्धमा उजुरी परेको छ। उनले पर्फमेन्सको लागि पैसा लिएको तर कार्यक्रममा नगएको आरोप लागेको छ ।

अभिनेत्री सोनाक्षीले स्टेज पर्फमेन्सको लागि २४ लाख लिएको बताइएको छ । उनले रकम लिएर उपस्थित नभएको भन्दै शिवपुरीका प्रमोद शर्माले उनका बिरुद्ध प्रहरीमा उजुरी दिएका हुन् । त्यसपछी सोधपुछका लागी प्रहरी अभिनेत्री सोनाक्षीको घरमा गएको तर उनी त्यहा नभएपछी प्रहरी फर्किएको बताइएको छ ।