काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शुक्रबार दिनभर नखुल्ने संकेत देखिएको छ । यती एयरलाइन्सको जहाज शुक्रबार बिहान धावनमार्गमा चिप्लिएर विमानस्थल बन्द भएको हो । तीन बजेसम्ममा विमानस्थल सूचारु गर्ने विमानस्थल प्रशासनले जनाए पनि हालसम्म घाँसे मैदानमा रहेको विमान हटाउन सकिएको छैन । विमानस्थल बन्द भएपछि विभिन्न गन्तव्यबाट आएका विमान नेपाली आकासमै होल्डमा परेका छन् । विभिन्न विमानहरुले आकासमा फन्को मारिरहेका छन् ।