काठमाडौँ – नेपाली चलचित्र क्षेत्रकी निकै चर्चित नायिका हुन् श्वेता खड्का । पछिल्लो समय त्यति फिल्म क्षेत्रमा नदेखिए पनि उनको चर्चा चलिरहेको हुन्छ । चलचित्रमा मात्र नभई सामाजिक कार्यमा निकै सक्रिय भइरहने नायिका श्वेताले आफ्नो बिबाह बारे बोलेकी छिन् । उनले श्रीकृष्णलाई सम्झन छुट दिने राम्रो मान्छे पाए बिबाह गर्ने बताएकी छिन् । उनले एक कुराकानीमा विवाह भइहाल्यो भने श्रीकृष्ण श्रेष्ठलाई स्पेसल सिर्जना गर्न नसक्ने मान्छेसँग आफ्नो विवाह नहुने उनले बताएकी छिन् ।

उनले बिबाह पछाडीको नयाँ घरमा पनि श्रीकृष्णको तस्बिर राख्न पाउनुपर्ने बताएकी छिन् । उनले पहिलाको श्वेता त श्रीकृष्ण छाडेर गएको दिन नै जलेर मरिसकेको र आफु अर्की नयाँ स्वेता भएर जन्मिएको बताएकी छन् । उनले भनिन् श्रीकृष्ण मेरो बिगत हो मेरो विगतलाई स्वीकार गर्न नसक्ने मान्छेसँग विवाह हुँदैन । मेरो प्रत्येक पलमा उहाँबारे बोल्दा तारिफ गर्ने मान्छेसँग हुनुपर्छ । धनले, रूपले मलाई अर्थ राख्दैन । मन राम्रो भएको मान्छेसँग अवश्य जोडिन सक्छु  ।