काठमाडौं । केही दिनयता काठमाडौं उपत्यकासहित देशका अन्य सहरमा सिरिन्ज आक्रमणको घटना बढेका छन् । अहिलेसम्म काठमाडौं, भक्तपुर, बनेपा, महोत्तरीमा सिरिन्ज आक्रमण भएका विषय सार्वजनिक भइसकेको छ ।

हिजोआज ‘सिरिन्ज फोबिया’ युवायुवतीमा मात्र होइन, बालबालिकामा समेत देखिएको छ । डा.शेरबहादुर पुन यस्ता घटनाले समाजमा नकारात्मक असर पुगेको बताउँछन् । उनले एक पाँच वर्षीया बालिकाले मलाई सिरिन्ज हान्यो भनी अस्पताल आउदा आफू चकित भएको उल्लेख गरेका छन् । डा. पुंन आफ्नो फेसबुक यो विषयमा स्टाटसमा लेखेका छन् ।

उनले सोचे यो सिसिन्ज फोबिया कहाँ सम्म पुगेको होला ? एउटा बालिकाको दिमागमा यो कुरा कसरी पर्यो होला ?उनी चकित छन् ।
आफुले ती बालिकालाई उचित सल्लाह र सुझाव दिए पछि सन्तुष्ट भएर घर फर्किएको कुरा बताएका छन् । सबै मासिमा यस्ता त्रासको पछि नलाग्न समेत उनले आग्रह गरेका छन ।