एजेन्सी – बलिउडमा बेलाबेलामा बिभिन्न कारणले चर्चामा आइरहने चर्चित अभिनेत्री श्रद्धा कपुर । केहि समय अघि अभिनेत्री श्रद्धा कपुरले नेपाली युवक रोहन श्रेष्ठसँग लगनगाँठो कस्ने हल्ला निकै चल्यो । तर अहिले भने बलिउड नायिका श्रद्धा कपुरबारे एक नयाँ खबर बाहिरिएको छ । भारतिय मिडियाका अनुसार बलिउड नायिका श्रद्धा कपुरले अर्को वर्ष विवाह गर्न लागेको बताइएको छ । यो खबरले बलिउड फेरी एकपटक तातेको छ ।

केहि समय अघि अभिनेत्री श्रद्धाले आफ्ना बाल्यकालदेखिको साथी रोहनसँग सन् २०२० मा विवाह गर्ने योजनामा भएको बताएपछि बलिउड तातेको थियो । तर यस कुराबारे भने श्रद्धाका पिता शक्ति कपुरले एक रोचक प्रतिक्रिया दिएका छन् । उनल ेश्रद्धा कपुरको विवाहको खबर अफवाह भएको बताएका छन् । श्रद्धाका पिता शक्ति कपुरले भने, ‘के साँच्चै नै मेरी छोरीले विवाह गर्दैछिन् रु कृपया मलाई पनि निम्तो पठाउन नबिर्सिनुहोला ।’ उनले हास्दै बिबाह कहाँ हुदैछ बताइदिनुहोस् म जान्छु भने ।