काडमाडौँ – चर्चित गायिका जानकी तारामी मगर र खेम सेन्चुरीको सुमधुर आवाजमा नयाँ तीज गीत “छप्पै माया लै लै ” सार्बजनिक भएको छ । भिडियोलाई जानकी तारामी मगर युट्युव च्यानल बाट सार्बजनिक गरिएको हो । गीतमा लय तथा शब्द समेत खेम सेन्चुरीकै रहेको छ भने संगीत आसिस अविरलको रहेको छ ।

यस गीतको भिडियो सम्पादन बिष्णु शर्माले गरेका छन् । गीतको भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका छन् । राजेश घिमिरेको रहेको यस गीतको भिडियोमा गायिका जानकी तारामी मगर र खेम सेन्चुरीकै अभिनय रहेको छ ।