एजेन्सी – बलिउडका निकै चर्चित अभिनेता हुन् सलमान खान । केहि समय अघि बलिउड स्टार सलमान खान फिल्म भारतबाट निकै चर्चामा आए । यस्तै अभिनेता सलमान खानकी पूर्व प्रेमिका संगिता बिजलानीको केहि दिन अघि अर्थात जुलाई ९ तारिखमा जन्मदिन थियो । उनले आफ्नो जन्मदिन आफ्ना साथिभाईसँग धुमधामले मनाइन् । ५४ बर्षिय संगिता बिजलानीले मनाएको जन्मदिनको पार्टीको तस्बिर पनि सोसल मिडियामा सार्वजनिक भएको छ ।

भारतिय मिडियाका अनुसार उक्त पार्टीमा अभिनेता सलमान र उनकी कथित प्रेमिका युलिया भन्तुर पनि थिइन् । उक्त तस्बिरमा लमान खान, युलिया भन्तुर, मोहनीश बहल, निर्माता साजिद नाडियाडवाला र उनकी श्रीमती वर्धा नाडियाडवाला देखिएका छन् । पार्टीमा सलमान खानकी पूर्व प्रेमिका संगिता बिजलानी निलो पहिरनमा सुन्दर देखिएकी छिन् । पछिल्लो समय भने सलमान र युलियालाई डेट गरिरहेको खबर आइरहेको छ ।