रामेछाप – गए रातिदेखि परेको देशभर परेको पानीले देशका धेरै ठाउँका बस्तीहरु डुबानमा परेका छन् । अविरल वर्षाले देशभरका धेरै नदि तथा खोलामा आएको बढिले बस्तीहरु जोखिममा परेका छन् । यसैक्रममा रामेछाप नगरपालिका – ५ रामपुरमा एक महिलाको ज्यान गएको छ ।

अविरल वर्षाका कारण आज बिहान गोठ भत्किँदा एक जना महिलाको ज्यान गएको हो । ज्यान जानेमा रामपुरकी ७१ वर्षीय पदमकुमारी सुनुवार रहेकी छिन् । उनको गोठ भत्किँदा गोठमा रहेका दुई वटा भैँसी पनि मरेका छन् ।