काठमाडौँ – नेपाली महिलाहरुको महान पर्ब हरितालिका तीजलाइ मध्यनजर गर्दै नया नयाँ गीतहरु सार्बजनिक भइरहेका छन् । यसैक्रममा गायिका कल्पना काफ्लेले नयाँ तिज गीत बजारमा ल्याएकी छिन् । गायिका कल्पना काफ्ले र तेजश रेग्मीको सुमधुर आवाजमा नयाँ गीत जादु मन्तर भर्खरै युट्युबमा सार्बजनिक भएको हो ।

यस गीतमा तेजश रेग्मीको लय तथा शब्द रहेको छ भने गीतमा शिव बिकले निर्देशन गरेका छन् । माया प्रेमालाइ बिषय बनाइएको यस गीतलाइ सुजन शाहिले सम्पादन गरेका छन । यस गीतको भिडियोमा चर्चित मोडल अञ्जली अधिकारी,तेजश रेग्मी र सन्तोष सापकोटाको दमदार अभिनय रहेको छ । हेर्नुहोस् भिडियो