काठमाडौँ – नेपाली साँगितिक क्षेत्रका निकै चर्चित गायिक हुन् गायिका सिन्धु मल्ल । धरानको बजारमा, काफल गेडी कुटुक्कै, माछी मारन, ससुरालीमा, लठ्ठी चार्ज नगर लगायतका धेरै नै लोकगीत र तिज गीत गाएर निकै चर्चा कमाएकी गायिका सिन्धु मल्लले झण्डै १० बर्ष पछि फेरी एउटा नयाँ गीत लिएर आएकी छिन् । गायिका सिन्धु मल्लको पिरतिको जाल “चैर मुसी चैर”ले अहिलेसम्म एघार लाख बढि दर्शकको माया पाइसकेको छ । गायिका सिन्धु मल्ललाई यस गीतमा नेपाल आइडलका अमित बरालले साथ दिएका छन् ।

यस गीतलाई छोटो समयमा धेरैले मन पराएका छन् । गीतले सबैको माया पाएपछी गायिका सिन्धु मल्लले सबै दर्शकलाई धन्यवाद दिएकी छिन् । सबै दर्शकको माया पाउदा खुशि लागेको बताउदै गायिका सिन्धु मल्लले यस बर्षको तिज गीत अब छिट्टै आउने बताएकी छिन् । यस गीतमा सुदाम थापा र नरेन्द्र राज रेग्मीको शब्द संगित रहेको छ भने केशब बडुको एरेन्ज रहेको छ । शिव बिकको निर्देशन रहेको यस भिडियोमा नायक पल शाह र बर्षा शिवाकोटीको दमदार अभिनय रहेको छ ।भिडियो हेर्नुहोस