शरीरको रोग निरोधक शक्ति वा इम्युनिटी सिस्टममा गडबडी भएपछि बाथ रोगले संक्रमण गर्न थाल्छ । यो जुनसुकै उमेर र लिंगका व्यक्तिमा पनि लाग्न सक्छ । वरिष्ठ फिजिसियन तथा बाथरोग विशेषज्ञ डा.दिपा शाहका अनुसार बाथ रोग कुनै एक कारणले मात्र हुँदैन ।

रगतमा युरीक एसिडको मात्रा बढे ,वंशाणुगत गुण आमा बुबामध्ये एक जनालाई बाथ रोग छ भने बच्चामा पनि बाथ हुन सक्छ । खानपान रुघाखोकी,भाइरल इन्फेकसन ,एलर्जी झाडापखाला आदिले रोग प्रतिरोधात्मक क्षमता कमजोर बनाइ बाथरोग हुने जोखिम हुन्छ ।

 

लक्षण

बाथ रोग कुन किसीमको हो त्यसमा भर पर्छ । बाथ रोग २ सय भन्दा बढी छन् । यसका असर फरक छन् हातखुट्टा दुख्ने,ढाडको जोनी दुखने, शरीरको जोर्नी दुख्ने ,जोर्नी सुनिने,बिहान उठ्दा कक्रक हुने,बाथले शरीको कुन अंगमा असर गरेको हुन्छ त्यो अनुसारका लक्षणहरु देखा पछन । कसैकसैमा खोकी लाग्ने ,दम देखिने पिसाबमा फिज आउने,मुटुमा बाथ भएमा मुटुको चाल बिग्रने मष्तिस्कमा असर गरेमा मृगृ रोग देखिन जस्ता लक्षण हुन्छ ।

माािसमा बाथ रोग भएमा आँखा पाक्ने,दृष्टि गुम्ने,ज्वरो आउने,काम गर्न मन नलाग्ने,जिउ आलस्य हुने जस्ता समस्या हुने गर्छन ।

मेडिकल साइन्सले बाथरोग लाग्नै नदिने उपाय हालसम्म पता लगाएको छैन । यो रोग लाग्नै नदिन भ्याक्सिन र औषधिहरु प्नि छैनन त्यसैले परिवारका कुनै सदस्यलाई बाथरोगका लक्षण देखिएमा सम्बन्धित चिकित्सकलाई देखाउनु पर्छ ।

बथरोग भएको पता लागेमा सेकेन्डण्री प्रिभेन्सन अपनाई जटिलतालाई रोक्नतिर लाग्नु पर्छ ।

उपचार
युरीक एसिडको बाथमा केहि खाने कुरामा विशेष ध्यान दिर्नुपर्छ ।

बाथ रोगको उपचार बाथरोगको किसिममा भर पर्छ । बाथ रोग अनुसारको उपचार गर्नुपर्छ ।

दुखाइ कम गर्ने सुनिन कम गर्ने डाक्टरले दिएको औषधि खानुपर्छ ।

समय समयमा रोगको कडापन हेरी औषधिको किसिम र मात्रा फेर्नुपर्ने हुन्छ ।

रगत,एक्स रे लगाएतका परिक्षण समय समयमा गर्ने आफुखुसी बाथ रोगको औषधि नखाने । चिकित्सको सल्लाह बमोजिम उपचार गर्ने ,गर्नुपर्छ ।