हिन्दुपरम्परामा तुलसीलाई विष्णुको अवतारको रुपमा मान्ने गरिन्छ । जति धर्ममा यसको महत्व छ त्यति नै महत्व यसलाई जडिबुटीको रुपमा पनि प्रयोग गर्ने गरिन्छ । आयुर्वेदमा तुलसीलाई एक बहुउपयोगी औषधि मानिन्छ । गुणै गुणले भरिएको तुलसीलाई पुजा गर्नुदेखि लिएर आफूलाई स्वस्थ राख्नलाई हामीले यसको प्रयोग गर्ने गरेका हुन्छौँ । तुलसीले जाडो मौसममा मात्रै होइन गर्मीको समयमा हुने विभिन्न संक्रमणबाट पनि जोगाउने काम गर्छ

तुलसीले मानिस स्वास्थ्यमा यस्ता फाइदा पुप्याउछ ।

तुलसीको रसले कुल्ला गरेमा दाँतबाट रगत बग्न रोकिन्छ र डाइरियामा लाभ गर्छ ।

तुलसीको हरियो पातको रसमा ज्वानोको धुलो मिसाएर खाएमा पेटको जुका मर्दछन् ।

तुलसीका ९–१० पात र आधा गिलास मनतातो पानी राखी त्यसमा मह मिसाएर दिनको ३–४ पटक पिएमा रुघाखोकी निको हुन्छ ।

तुलसीको रसलाई सफा कपडाले छानेर दुई थोपा कानमा राखेमा कानको दुखाई ठीक हुन्छ । माकुरा र मुसाले टोकेको ठाउँमा तुलसीको पातको रस लगाएमा तत्काल आराम मिल्छ ।

तुलसीको दाना (बिऊ) वा पात पिंधेर गाईको दूधसँग मिसाएर खाएमा पखाला लागेको रोकिन्छ ।

तुलसीको १५–२० वटा पातलाई पानीमा राखेर उमाली त्यसमा थोरै विरेनुन राखेर खाँदा पेट ढुस्स परेको र अपच भएको निको हुन्छ ।

बच्चाको पेट दुखेमा तुलसीको रस मनतातो बनाएर दुई चम्चा दिनको २ पटक खानेगरेमा पेट दुख्न बन्द हुन्छ ।

बच्चाको पेट फूलेको र दिसा बिग्रिएको छ भने तुलसी र पानको पातको रस खाएमा निकै फाइदा पुग्छ ।

औंलो ज्वरो आएका वेला मरिच, पिपल, जाइफल र तुलसीको हरियोपात मिसाएर पिसी सो चूर्णलाई चनाको गेडाजत्रो गोली बनाउएर एक एक गोली दिनको तिनपटक खानाले ज्वरो निको हुन सहयोग हुन्छ ।

यसको सेवनले शीघ्र स्खलन, स्वप्न दोष तथा यौनजन्य रोगबाट टाढा राख्न मदत गर्छ । यसका लागि तुलसीको पात, डाँठको रस आदिमा मह मिसाएर पिउनुपर्छ ।