धरान, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रष्तिष्ठान, धरानका उपकुलपति राजकुमार रौनियारलाई घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले प्रतिष्ठानकै सरकारी निवासबाट घुससहित पक्राउ गरेकोे छ ।प्रतिष्ठानको भवन निर्माणको ठेक्कामा कमिसनबापत सेवाग्राहीसंग घुस मागेको सूचनाका आधारमा टंगालबाट विशेष टोली धरान पुगेको थियो ।

टोलीले उपकुलपति रौनियारसंगै डा रामहरि रौनियारलाई समेत नियन्त्रणमा लिएको छ । रामहरि उपकुलपति रौनियारको भतिजा भएको बुझिएको छ ।अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले उपकुलपति प्राडा रौनियार र उनीसंगै रहेका डा रामहरिलाई घुस रकमसहित नियन्त्रणमा लिई विभिन्न अनुसन्धान भइरहेको बताका छन् ।