काठमाडौ‌ । हिन्दू धर्ममा संस्कृतमा एघारौ दिनको तिथिलाई एकादशी भन्ने गरिन्छ । एकादशी भन्नेबित्तिकै एक पवित्र तिथि मानिने गरिन्छ । एकादशीमा मानिसहरु आफ्नो तन र मन पवित्र राख्ने गर्छन् । त्यस्तै आज हरिशयनी एकादशी परेको छ । हरिशयनी एकादशीलाई असारे एकादशी वा देवशयनी एकादशी पनि भनिन्छ । आजको दिनलाई निकै महत्वका साथ हेरिन्छ । आज घरघरमा तुलसी रोपिन्छ ।

आज हिन्दूहरुले चतुर्मास व्रत गर्दै भगवान विष्णुको उपासना गरिन्छ । हिन्दू धर्म अनुसार आजको दिन भगवान विष्णु आराम तथा सुत्न जाने गर्छन्, यो अवधि चार महिना लामो हुने जनविश्वास छ । यो अवधिमा भगवान विष्णु शेषनागमा विराजमान भई क्षीर सागर दूधको महासागर मा आराम गर्न जाने गर्छन । चार महिना पछि हरिबोधनी एकादशीको दिन क्षीरसागरबाट उठ्ने बिश्वास गरिएको छ ।

आज घरघरमा हिन्दू धर्मावलम्बीहरुले तुलसीको पुजा गर्दै विष्णुको पूजा गर्ने गर्छन् । आजको दिन भगवान विष्णु र उनको अनुभूति, देवी लक्ष्मीलाई आफ्नो गहिरो आदर गरि व्रत बस्ने गरिन्छ । एकादशीका दिन विशेषगरी चामलबाट बनेका परिकार नखाई रोटी, ढिँडोलगायत फलाहार गर्ने गरिन्छ । वैज्ञानिकरूपमा पनि बढी अक्सिजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधिका रूपमा समेत प्रयोग गरिन्छ ।