काठमाडौं । हिन्दूधर्मालम्बीहरु मन्दिरमा पुगेपछि दर्शन गर्नेदेखि मन्दिरको परिक्रमा समेत गर्छन् । अधिकांश दर्शनार्थीहरु मन्दिरमा राखेको प्रतिमामा पूजाआजा गर्नु अघि वा पछि मन्दिरलाई दाहिने पारेर परिक्रमा गर्ने गर्छन् । आखिरी किन गरिन्छ त मन्दिरको परिक्रमा ? यसबारे कमैलाई मात्रै थाहा छ । मन्दिरको परिक्रममा कर्ता ऊर्जा प्राप्त गरिने धार्मिक विश्वास रहिआएको छ ।

मन्दिर निर्माण गर्दा वास्तुको ध्यान दिइएको हुन्छ । मन्दिरहरूमा सकारात्मक ऊर्जाको प्रवाह भइरहेको हुन्छ । परिक्रममा गर्दा मन्दिरमा भएको सकारात्मक ऊर्जा शरीरमा स्थानान्तरित हुने र यसले आनन्द अनुभव गराउने बताइन्छ ।

तर, मन्दिरको परिक्रममा उल्टो भएमा ऊर्जा लाभ हुने धार्मिक कथन रहेको छ । परिक्रमालाई धार्मिक अर्थात संस्कृत भाषामा प्रदक्षिणा भनिन्छ । परिक्रमा बिजोडी संख्या अर्थात तीनचोटि गर्नु उत्तम मानिन्छ ।