काठमाडौं । सरकारले सर्लाहीका सरोजनारायण सिंहको परिवारलाई १० लाख रुपैयाँ दिने भएको छ । प्रहरीसँगको झडपमा मारिएका सरोजनारायणको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने सरकारले निर्णय गरेको हो । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बिहीबार आयोजिक पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले सिंहको परिवारलाई राहत स्वरुप १० लाख आर्थिक सहायता उपलब्ध गराउने सरकारले निर्णय गरेको जानकारी दिए । सोही घटनामा घाइते भएकाहरुको उपचारको पनि व्यवस्था पनि सरकारले गर्ने मन्त्री बाँस्कोटाले जानकारी दिए ।