मोरङ । प्रदेश १ को राजधानी विराटनगर डुबानमा परेको छ । अविरल वर्षाका कारण विराटनगरका अधिकांश स्थानमा डुबानमा परेका हुन् । बुधबार र बिहीबार लगातारमा पानी परेपछि विराटनगर डुबानमा परेको हो । डुबानमा परेसँगै विराटनगरबासीको जनजीवन प्रभावित भएको छ । विराटनगरका घर, अस्पताल र शिक्षण संस्था डुबानमा परेपछि अस्तव्यस्त बनेको छ ।

वर्षाको पानीले निकास नपाउँदा विराटनगरका अधिकांश स्थान जलमग्न भएको हो । विराटनगर महानगरपालिकाले मुख्य बजार, हिमालय रोड, रंगेली रोड, देवकोटा चोक, अस्पताल चोक, बन्जरा चोक, रोडशेष चोक, पिचरा, बखरी लगाएतका क्षेत्रहरु बढी प्रभावित भएका छन् ।

विराटनगरका धेरै सडक जलमग्न छन् ।सडकका ठूला खाल्डामा पानी जम्दा मोटरसाइकल, कारलगायत साना सवारी साधनहरू सञ्चालनमा समेत कठिनाइ भएको छ ।