काठमाडौं – धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एक महिलाले शिशु चोरेकी छिन् । कुरुवाको भेषमा अस्पतालको गाइनो वार्डमा छिरेकी २७ वर्षीय लीला विकले शिशु चोरकी हुन् । आमाको सरसफाइ गरिदिने, लुगा धोइदिने र शिशुको स्याहार गर्ने काममा सहयोग गरेकी लीलाप्रति सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका १ की बबिता मेहतालाई कुनै शँका भएन ।

आफुलाई सहयोग गर्दै ‘सहयोगी’ बनेर छेउमै सुतेकी बबितालाई लिला साथीझैं लाग्यो। छेउमै सँगै सुतेकी बबिताले बिहान उठ्दा बच्चालाई सँगै नदेखेपछी झसङ भईन् । बबिता रोइकराइ गर्न थालिन् । बबिताको रोइकराइले सबै भेला भए । भेला भएकाले प्रहरीलाई खबर गरेपछी प्रहरी आयो। प्रहरीले अनुसँधानमा त्यहा बच्चा उठाउने जस्तो कुनैलाई नदेखेपछी नजिकै रहेकी लीलालाई शँका गर्यो ।

सोधीखोजी गर्दा लिला को अनुहार नै परिबर्तन भयो । शंकाको दृष्टिमा उनी परेपछी प्रहरीले उनको मोबाइलबाट अन्तिम फोन जाँच गर्‍यो। नम्बरमा डायल गर्दा शिशु रोइरहेको आवाज सुनेपछी प्रहरीले लिलालाई सँगै लिएर शिशु बबितालाई जिम्मा लगायो । प्रहरीका अनुसार लिलाले रातमा बच्चा उठाएको र उनले राति आफ्नी भाउजूलाई टेम्पोमा बोलाएर पठाएको बताइएको छ । प्रहरीले दुबै महिलाको अनुसन्धान गरेको छ भने उनीहरुविरुद्ध शिशु चोरी गरेको जाहेरी परेको छ।