काठमाडौ – दालचिनीलाई गाउँघरमा गाईबस्तुलाई खुवाउने घाँसको रुपमा लिइन्छ । तर यो हाम्रो स्वास्थ्यको लागी निकै फाइदाजनक छ । प्राय दालचिनीलाइ औषधिको रुपमा पनि प्रयोग गरिने गरिन्छ । यसको प्रयोग गर्नाले हाम्रो स्वास्थ्यमा निकै फाइदा पुर्याउछ । दालचिनी मासुमा हाल्दा मिठो स्वाद आउछ ।दालचीनी एक गिलास दूधमा मिलाएर पिउदा मुटु रोगको खतराबाट बच्न सकिन्छ ।

यसले दालचिनीलाई पिसेर पानीको साथमा सेवन गर्दा डायबिटीज पनि ठिक हुन्छ । नियमित दालचीनी पाउडरलाई महको साथमा सेवन गर्दा मोटोपन पनि कम गर्न सकिन्छ । मुखमा आउने घाउ खटिरा, झाडापखाला र महिनावारीसम्बन्धी समस्या पनि यसल समाधान गर्छ । यदि तपाईका घाँटी बसेको छ भने दालचिनीको धुलो उमालेर खाएमा ठिक हुन्छ । त्यस्तै यसको चिया पिएमा रक्तसंचारबाट पनि बच्न सकिन्छ ।