काठमाडौं । नेपालीको वैदेशिक रोजगारका लागि प्रमुख गन्तव्य मध्ये अफ्रिकी मुलुक पनि हो । गल्फ कोअपरेशन काउन्सिल (जीसीसी) आबद्ध कतार, साउदी अरेबिया, युनाइटेढ अरब एमिरेट्स, बहरेन र ओमानमा नेपाली कामदारहरूको प्रमुख गन्तव्य बन्दै आएको छ । तर, पछिल्लो समय ति मुलुकमा नेपाली कामदारहरु घट्न थालेका बीबीसी नेपाली सेवाले जनाएको छ ।

बीबीसी नेपाली सेवाका लागि फणीन्द्र दाहालले तयार पारेको समाचारअनुसार खाडी देशहरू अफ्रिकी कामदारतर्फ आकर्षित हुन थालेका छन् । जस कारण नेपाली कामदार घटेका हुन् । अफ्रिकी मुलुकले नेपाली कामदार मगाउन कम गरेकाले नेपाली वैदेशिक रोजगारी क्षेत्रलाई प्रभावित पार्न सक्ने अनुमान गर्न थालिएको छ ।

वैदेशिक रोजगारीमा रहेका ४५ लाख नेपाली कामदारको ६० प्रतिशत खाडी मुलुकहरुमा मात्रै रहेका अनुमान गरिएको छ । जस मध्ये ३० प्रतिशत मलेसियामा र ६० प्रतिशतभन्दा बढी खाडी देशहरूमा काम गरिरहेका छन्। आर्थिक वर्ष २०७०/७१ मा दुई लाख ९७ हजारभन्दा बढी कामदार खाडी राष्ट्रहरूमा काम गर्न गएकोमा यो आर्थिक वर्षको पहिलो ११ महिनामा अन्तिम श्रम स्वीकृति पाउने कामदारको सङ्ख्या लगभग एक लाख ७५ हजारमा झरेको बीबीसीले जनाएको छ ।

तर त्यसरी कामदारको सङ्ख्या घट्नुको एकिन कारण नखुले पनि कामदार पठाउने म्यानपावर व्यवसायीहरूको छाता सङ्गठनका अध्यक्ष रोहन गुरूङले निशुल्क भिसा र टिकट दिनुपर्ने एवम् अन्य प्रशासनिक झमेलाहरू कारणको रुपमा रहेको औंल्याएका बीबीसीले उल्लेख गरेको छ ।

खाडी राष्ट्रहरूमा काम गरिरहेका श्रमिकको वास्तविक सङ्ख्या प्रष्ट नभएपनि अफ्रिकी क्षेत्रीय संगठन अन्तर्गतको इन्टरनेसनल ट्रेड युनियन कन्फिडेरेशनले सन् २०१८ मा गरेको एउटा अध्ययनले त्यहाँ अफ्रिकी मुलुकका श्रमिकको भने सङ्ख्या बढ्दै गएको देखाएको छ ।